धनुषा ४ः एमालेका रघुवीर महासेठ छ सय ८६ मतले पछि

धनुषा ४ः एमालेका रघुवीर महासेठ छ सय ८६ मतले पछि


यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचन अन्तर्गत  धनुषा– ४ मा  मतगणना जारी रहेको छ । 

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।  मतगणनाको  सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए । मतगणनाको पछिल्लो विवरण  अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका हुन् । उनले २७ हजार दुई सय छ मत प्राप्त गरेका छन् । भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिएका छन् । 

Logo