महिला हिंसा रोक्न स्थानीयदेखि केन्द्र तहसम्म उजुरी दिने संरचना बनाउन आवश्यक

महिला हिंसा रोक्न स्थानीयदेखि केन्द्र तहसम्म उजुरी दिने संरचना बनाउन आवश्यक


महिला तथा लैङ्गिक हिंसाबाट महिलालाई सुरक्षित बनाउन स्थानीय तहदेखि केन्द्रसम्म उजुरी दिने संरचना बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । 

बुधवार १६ दिने महिला हिंसाबिरुद्धको अभियानको अवसरमा आायेजित महिला तथा लैङ्गिक हिंसा र नेपाली राजनीतिमा यौनिक अल्पसंख्यक विषयक कार्यक्रम बोल्दै विज्ञहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै महिला तथा लैङ्गिक हिंसासम्बन्धी अनुसन्धानकर्ता इन्दिरा पन्थीले नेपालका राजनीतिकर्मी महिला, पत्रकार वा व्यवसायी महिलाहरु सबैले लैङ्गिक हिंसा भोग्नुपरेको अनुसन्धानले देखाएको बताइन् । 

उनले भनिन्-‘राजनीतिककर्मी महिलाहरुले ३३ प्रतिशत अधिकार संविधानले सुनिश्चित गरेको छ । तर पार्टीमा जम्मा ९ प्रतिशत महिलाको सहभागिता रहेको छ । पार्टीभित्र शक्तिमा जानको लागि सर्घष गर्नु पर्ने हुन्छ त्यहाँ लैगिक हिंसा भोग्नुपर्छ । महिला भएकाले पुरुष नेताले बोलेको कुरा स्वीकार नगर्ने,नेतृत्वमा जान नदिने जस्ता हिंसा भोग्नु हुन्छ । पार्टी भित्रका पुरुष नेताले विचारमा भन्दा पनि शारीरिक बनावटका विषयमा ह्यारेसमेन्टबाट पनि हिंसा भोग्नुभएको हुन्छ । पार्टी भन्दा बाहिर पनि चरित्रहीन भन्ने नेतृत्वमा पुग्दा पुरुष नेताले गर्दा पुगेकी भनेर चरित्र माथि प्रश्न उठाउने र महिला राजनीतिककर्मीको क्षमता माथि प्रश्न उठाउने काम हुन्छ । राजनीतिक महिलाकर्मीहरुमा पनि एकता छैन । राजनीतिककर्मी महिलाको हीतको विषयमा बोल्ने संरचना बनेको छैन । उनीहरु आफ्नो बलियो आत्मबल बनाएर अगाडि बढेको पाइन्छ । महिला राजनीतिक कर्मीहरु हिंसा भोगेर आफैँ बाहिर आउन बाध्य हुनुहुन्छ । महिला हिंसाबाट सुरक्षित बनाउनको लागि जिल्ला तहदेखि केन्द्रसम्म हिंसा भएको उजुरी गर्नसक्ने अवस्थामा आवश्यक छ ।’
 
अनुसन्धान कर्ता पन्थीले राजनीतिकर्मी महिलाको हीतको विषयमा बोल्ने संरचना नरहेको जिकिर गरिन् । उनले महिला राजनीतिकर्मीबीच पनि एक आपसमा एकता नभएको बताइन् ।

Logo