स्याङ्जा २ मा गुरूङ र अर्यालबीच प्रतिस्पर्धा

स्याङ्जा २ मा गुरूङ र अर्यालबीच प्रतिस्पर्धा


स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गरूङले अग्रता लिएका छन् ।  

नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय २७ मतको अन्तरले पछाडि पारेका हुन् । मतगणनाको पछिल्लो परिणााम अनुसार कांग्रेसका गुरूङ तीन हजार ९०२ मतका साथ अग्रस्थानमा छन् । उनको निकटतम् प्रतिस्पर्धी एमालेकी अर्याल तीन हजार २४७ मतका साथ दोस्रो स्थानमा छिन् । विवादका कारण रोकिएको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना बुधबार रातिदेखि शुरु भएको छ ।

Skip This
Logo