सुनसरी- ४ मा ज्ञानेन्द्र कार्की झिनो मतान्तरले विजयी

सुनसरी- ४ मा ज्ञानेन्द्र कार्की झिनो मतान्तरले विजयी


सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैतलाई बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले ११२ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । कार्की ३० हजार ४८३ मत सहित विजयी भए भने  कुसियैतले ३० हजार ३७१ मत ल्याए ।

यसअघि ०७४ को निर्वाचनमा पनि कार्की सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कुसियैत ०५६ सालको उपनिर्वाचनमा विजयी भएका थिए । उनी ०७४ मा प्रदेश सभा ४ ‘२’ बाट विजयी भएका थिए । ०७४ मा क्षेत्र परिवर्तन गर्दै सुनसरी आएका कार्कीले एमालेका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतान्तरले पराजित गरेका थिए ।

Logo