प्रतिनिधि सभा र प्रदेश सभामा कुन दल कति मतले निर्वाचित ?

प्रतिनिधि सभा र प्रदेश सभामा कुन दल कति मतले निर्वाचित ?


मंसिर ४ मा सम्पन्न प्रदेश सभा र प्रनिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ । यो रिपोर्ट तयार गर्दासम्मप्रतिनिधिसभाको १६५ सिट बाट १६२ सिटको नतिजा आइसकेको छ । प्रदेशभाको ३३० सिट मध्ये ३२४ सिटको नतिजा सार्वजनिक भएको छ । 

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ५४ सिट सुरक्षित गरेको छ । कांग्रेस समानुपातिक तर्फ दोस्रो स्थानमा छ । अहिलेसम्म कांग्रेसले २६ लाख ३ हजार ४६६ मत प्राप्त गरेको छ । 

त्यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । २७ लाख ३१ हजार ८५२ मत प्राप्त गरेको छ । एमालेले प्रत्यक्षतर्फ ४४ सिट जित हासिल गरेको छ । 

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । प्रत्यक्षमा १७ सिट जित हासिल गर्दा समानुपातिकतर्फ ११ लाख ५५ हजार ३०९ मत प्राप्त गरेको छ । 

प्रत्यक्षतर्फ चौथो स्थानमा नेकपा एकीकृत समाजवादी रहेको छ । यद्यपि समानुपातिकमा भने यो दल अरुदलभन्दा कमजोर देखिएको छ । हालसम्मको मतगणना अनुसार एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाइसकेको छैन । नेकपा एसले प्रत्यक्षमा १० सिट जित्दा समानुपातिकमा जम्मा २ लाख ९२ हजार ६६० मत ल्याएको छ । 

पाँच महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा ७ सिट सहित पाँचौ स्थानमा छ । तर,समानुपातिक तर्फभने ११ लाख ८ हजार २१७ मत प्राप्त गर्दैचौथो स्थानमा छ । 

यस्तै, प्रतिनिधिसभाको प्रत्यक्षमा छैटौं स्थानमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी रहेको छ । राप्रपा समानुपातिकमा पनि पाँचौ स्थानमा छ । राप्रपाले प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ५ लाख ८१ ह्जार ४३५ मत प्राप्त गरेको छ । 

जनता समाजवादी पार्टी, नेपाल प्रत्यक्षमा ७ सिट ल्याएको सातौं स्थानमा रहनसफल भएको छ । यो दल समानुपातिकमा ४ लाख १६ हजार २०३ मतसहित छैटौं स्थानमा रहेको छ  । 

यसैगरी, प्रतिनिधिसभाको प्रत्यक्षमा आठौं स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल रहेको छ । लोसपा, नेपालले प्रत्यक्षमा ४ सिट ल्याएको छ । यस्तै समानुपातिकमा १ लाख ६४ हजार ९८३ मतसहित दसौं स्थानमा छ। 

प्रतिनिधिसभाको प्रत्यक्षमा ३ सहित नवौं स्थानमा रहेको नागरिक उनमुक्ति पार्टी समानुपातिकमा पनि नवौं स्थानमा नै रहेको छ । नागरिक उनमुक्तिले समानुपातिकमा २ लाख ३८ हजार ९३९ मत प्राप्त गरेको छ । 

प्रत्यक्षमा १ सिटसहित दसौं स्थानमा रहेको जनमत पार्टी समानुपातिकतर्फ भने सातौं स्थानमा छ । जनमत पार्टीले समानुपातिकमा ३ लाख ८६ हजार १०७मत प्राप्त गरेको छ ।

नेपाल मजदुर किसान पार्टीले पनि १ सिट जितेको छ । ७४ हजार ९३१ मत ल्याएको छ । राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा १ सित जित हासिल गरेको छ । भने समानुपातिकतर्फ ४६ हजार २१४ मत ल्याउन सफल भएको छ । स्वतन्त्रले ५ सिट जितेका छन् । 

प्रदेशसभातर्फको मत गणना पनि जारी छ । सातै प्रदेशका ३३० सिट मध्यका ३२४ सिटको मतपरिणाम सार्वजनिक भइसकेको छ । 

अहिलेसम्म प्रदेश १ का ५६ सिटमा ५६ सिटकै नतिजा आएको छ । प्रदेश १ मा एमालेले २५ सिट जित्दै पहिलो स्थानमा रहेको छ । कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ३ र राष्ट्रिय स्वतन्त्र पार्टीले २ सिट जित हासिल गरेको छ । 

त्यसैगरी मधेस प्रदेशका ६४ सिटकै नतिजा सार्वजनिक भइसकेको छ ।  मधेस प्रदेशमापनि पहिलो दल एमालेले नै रहेको छ । यहाँ एमालेले १५, कांग्रेसले १३, जनता समाजवादी पार्टी, नेपालले ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ७, जनमत पार्टीले ६, माओवादी केन्द्रले ४, नेकपा एकीकृत समाजवादीले ४ र स्वतन्त्रले ६ सिट जित हासिल गरेका छन् । 

सबैभन्दा धेरै मतदाता भएको बागमती प्रदेशका ६६ सिटमध्यका ६४ सिटको नतिजा आइसकेको छ । यहाँ कांग्रेस २४ सिटसहित पहिलो दल छ । बागमती प्रदेशमा माओवादीले १४, एमालेले १२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, नेकपा एकीकृत समाजवादी पार्टीले ५, नेपाल मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जित हासिल गरेको छ । 

यस्तै, गण्डकी प्रदेशको ३६ सिटबाट ३४ सिटको मतपरिणाम सार्वजनिक भइसकेको छ ।  यस प्रदेशमा कांग्रेस नै १६ सिट सहित पहिलो दल बनेको छ । एमालेले १२, माओवादी केन्द्रले ४, नेपाल समाजवादी पार्टीले १ र स्वतन्त्रले १ सिट जित्न सफल भएका छन् । 

लुम्बिनी प्रदेशको पनि ५२ वटै सिटको नतिजा आइसकेको छ । यस प्रदेशमानेकपा एमाले १८ सिटसहित पहिलो दल छ । कांग्रेसले १७ ,माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टी, नेपालले २, नागरिक उन्मुक्ति पार्टीले २, राष्ट्रिय प्रजातन्त्र पार्टीले २, जनमत पार्टीले १ र स्वतन्त्रले ३ सिट जितेका छन् । 

यसैगरी, २४ सिट रहेको कर्णाली प्रदेशको पनि सबै क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । यहाँ ‍कांग्रेस ९ र माओवादी केन्द्र ९ सिट अर्थात दुबैले बराबरीजित हासिल गरेका छन् । एमालेले ५ र स्वतन्त्रले १ सिट जितेका छन् । 

सुदूरपश्चिमका ३२ मध्ये ३० सिटको मतपरिणाम सार्वजनिक भइसकेको छ । सुदूरमा ११ सिटसहित कांग्रेस पहिलो स्थानमा छ । माओवादी केन्द्रले ८, नागरिक उनमुक्तिले ५, एमालेले ३,नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्रले १ सिट जित्न सफल भएका छन् । 

Logo