समानुपातिकतर्फ हालसम्म कुन दलले कति मत पाए ?

समानुपातिकतर्फ हालसम्म कुन दलले कति मत पाए ?


यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । 

आज अपराह्न तीन बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायम छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा सो पार्टी अगाडि छ । 

हालसम्मको एक करोड दुई लाख ८५ हजार सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३६ हजार मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख आठ हजार नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५७ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ११ हजार मत प्राप्त गरेको छ । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८३ हजार, जनता समाजवादी पार्टी नेपालले चार लाख १९ हजार, जनमत पार्टीले तीन लाख ९३ हजार, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९३ हजार छ सय ३५, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६९ हजार २९३ मत प्राप्त गरेको छ । 

Logo