पुनः श्रम स्वीकृति रोजगारदाता देशबाटै लिन पाइने

पुनः श्रम स्वीकृति रोजगारदाता देशबाटै लिन पाइने


वैदेशिक रोजगारीमा कार्यरत श्रमिकले रोजगारदाता देशबाटै श्रम स्वीकृत लिन पाउने भएका छन् ।  

एकपटक श्रम स्वीकृति लिएर विदेशमा रहेका नेपालीले रोजगारदाता देशबाट पुनः श्रम स्वीकृत लिन  सक्ने गरी अनलाइन प्रणालीको विकास गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार ऐन, २०७४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अनिवार्य रूपमा श्रम स्वीकृत लिनुपर्ने कानुनी व्यवस्था छ । 

यसअघि  एकपटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले श्रम अवधि सकिएपछि पुन श्रम स्वीकृतिका लागि व्यक्ति आफैँ उपस्थित हुनुपर्ने व्यवस्था थियो । जुन व्यवस्था झन्झटिलो भएकाले रोजगार दाता देशबाटै लिन सक्ने व्यवस्था गरेको श्रम मन्त्रालयका सह प्रवक्ता थानेश्रवर भुसालले जानकारी दिए । रोजगारीका शिलशिलामम विदेशमा रहेकालाई  पुन श्रम स्वीकृति अनिवार्य छ ।

श्रमस्वीकृति नवीकरण नगरी रोजगारदाता देशमा कार्यरत नेपाली श्रमिकको रोजगारदाता देशमै मृत्यु भएमा वा अंगभंग र बिरामी हुँदा उपचारलगायत सेवा पाउँदैन । पुन श्रम स्वीकृति लिएसँगै ती समस्या समाधान हुने भुसालको भनाइ छ ।
  
रोजगारदाता देशमा कार्यरत श्रमिकले श्रमस्वीकृतिको अवधि समाप्त हुनअघि नै अनलाइनमार्फत आफू कार्यरत रहेको मुलुकबाट नै श्रमस्वीकृति नवीकरण गर्ने सक्नेछन् । पुन श्रम स्वीकृति नलिई रोजगारदाता देशमै काम गर्दै बसेका श्रमिकहरूको मृत्यु भएमा उनीहरूका परिवारले कल्याणकारी कोषबाट सरकारले दिने सुविधा पाउनबाट वञ्चित हुँदै आएका थिए ।

वैदेशिक रोजगार ऐनअनुसार श्रम स्वीकृति लिएको म्याद समाप्त भएको १ वर्षभित्र कल्याणकारी कोषबाट आर्थिक सहायता पाउने व्यवस्था छ । श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना भई गम्भीर बिरामी भएमा कानुनबमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बीमाबापतको रकम दाबी गर्न सक्ने कानुनी व्यवस्था छ । गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमा १ हजार ४ सय ७९ नेपाली श्रमिकको विभिन्न देशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयमो तथ्यांक छ । बोर्डको तथ्यांकमा गत आर्थिक वर्ष २४५ अंगभंग र गम्भीर बिरामी परेका थिए । 

सरकारले श्रम स्वीकृतिका क्रममा विदेश वा स्वदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई जनही ७ आर्थिक सहयोग गर्ने कानुनी व्यवस्था छ । त्यस्तै, देश अनुुसार वैदेशिक रोजगार म्यादी बीमाबापत करिब ११ लाख मृतक श्रमिकका परिवारले क्षतिपूर्ति पाउने गरेका छन् । 

Skip This
Logo