स्याङ्जा २ मा धनराज गुरुङ ४,६३१ मतान्तरले अगाडि

स्याङ्जा २ मा धनराज गुरुङ ४,६३१ मतान्तरले अगाडि


स्याङ्जा २ मा प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्‍मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ४ हजार ६३१ छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र स्याङ्जा २ (२) मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम राखेका छन् । उनले १४ हजार। ८६७ मत पाएका छन् भने नेकपा एमालेका वुद्धिमान श्रेष्ठले १२ हजार ७०४ मत पाएका छन् । भट्टराई २ हजार। १६३ मतान्तरले अगाडि छन् ।

स्याङ्जा २ मा प्रतिनिधिसभामा ७० हजार १९१ मत खसेकामा अब चापाकोट नगरपालिकाको ५, ६, ७, ८, ९ र १० नम्बर वडाको मतगणना हुन बाँकी छ ।

Logo