गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा


सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुसदेखि लागू हुनेगरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । 

यसअघि आयात प्रतिबन्ध लगाएका बस्तुहरू खुलाउनको लागि मुख्यसचिवको संयोजकत्वमा अध्ययन समिति बनेको थियो । सो समितिले यी ४ प्रकारका वस्तुको आयात प्रतिबन्ध फुकुवा गर्नका लागि गरेको सिफारिसलाई मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो ।  

Logo