नवनिर्वाचित सांसद कुन उमेर समूहका कति ?

नवनिर्वाचित सांसद कुन उमेर समूहका कति ?


मंसिर ४ मा सम्पन्न भएको आम निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा पुराना दलहरुले नयाँ दलसँग बलियो प्रतिस्पर्धा गर्नुपर्‍यो। त्यो पनि फरक पृष्ठभूमिका उमेरले पनि युवासँग । यस निर्वाचनमा प्रतिनिधिसभाका लागि २५ वर्षदेखि ९९ वर्षसम्मका उम्मेद्वार थिए । तीमध्येबाट २७ वर्षदेखि ८५ वर्षसम्मका उम्मेद्वार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार प्रतिनिधिसभाका १६५ सिटमा ७० वर्षभन्दा माथिका १४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ६१ देखि ७० वर्षसम्मका ४४ जना, ५१ देखि ६० का ६७ जना, ४१ देखि ५०का ३० जना,३१ देखि ४० वर्षका ७ जना र ३० वर्षसम्मका ३ जना निर्वाचित भएका छन् ।

को-को हुन् त ३० वर्षमुनिका ३ सांसद ?

सोविता गौतम
आम निर्वाचन २०७९मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सबैभन्दा कान्छी सांसद हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं- २ की उम्मेदवार सोविता गौतम । पेशाले सञचारकर्मी रहेकी २७ वर्षकी गौतमले १५ हजार २३८ मत ल्याएकी हुन् । 

योगेश गौचन थकाली
काँग्रेसका सबैभन्दा कान्छा अर्थात ४० मुनिका एक्लो सांसद हुन योगेश गौचन थकाली । २९ वर्षिय गौचन ३ हजार ९९२ मतसहित मनाङबाट निर्वाचित भएका हुन् । उनी पर्यटन व्यवसायी पनि हुन् । 

ज्ञानेन्द्र बहादुर शाही
३० वर्षका अर्का सांसद हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाही । जुम्लाबाट उम्मेद्वारी दिएका शाहीले २२ हजार ८१९ मतसहित विजयी भएका हुन् । उनी आफुलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएका थिए । 

को हुन् ७० माथिका १४ सांसद ?
महिन्द्र राय यादव

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सबैभन्दा पाका नेता हुन्, महेन्द्र राय यादव । सर्लाही २ मा माओवादी केन्द्रबाट निर्वाचित ८५ वर्षका यादवले २३ हजार ५२९ मत प्राप्त गरेका हुन । उनी कृषि मन्त्री भइसकेका छन् । 

महन्थ ठाकुर
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अर्का ८० वर्षका नेता महन्थ ठाकुर हुन् । १३ हजार ३७५ प्राप्त गरेका ठाकुर लोसपाका अध्यक्ष हुन् । 

चित्र बहादुर केसी 
बाग्लुङ- १ बाट निर्वाचित ८० वर्षका अर्का उम्मेदवार हुन चित्रबहादुर केसी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी २१ ह्जार ४५१ मत सहित विजयी भएका हुन् । 

रामचन्द्र पौडेल
नेपाली काँग्रेसका पाका नेता रामचन्द्र पौडेल तनहुँ- १ बाट निर्वाचित भएका हुन । ७८ वर्षका पौडेलले २५ हजार ३१८ मत प्राप्त गरेका छन् । उनी काँग्रेसका बरिष्ठ नेता हुन्।

शेरबहादुर देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि निर्वाचित हुने पाका नेता हुन् । ७७ वर्षका देउवाडडेल्धुराबाट २५ हजार ५३४ मत प्राप्त गरी विजयी भएका हुन् ।

मंगलप्रसाद गुप्ता 
७७ वर्षका एमालेका मंगलप्रसाद गुप्ता कपिलवस्तु ३ बाट विजयी भएका छन् । पाँचौ पटकको प्रयासमा सांसद भएका गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरे । 

अर्जुन नरसिंह केसी
नेपाली काँग्रेसका ७५ वर्षका नेता अर्जुन नरसिंह केसी नुवाकोट- २ बाट विजयी भएका छन् । उनले २८ हजार १०७ मत प्राप्त गरे । 

नवलकिसोर साह सुडी 
पाका नेताहरु मध्येकै विजयी नेता हुन जसपा, नेपालका नवलकिसोर साह सुडी ।७३ वर्षका सुडीले २३ हजार ६०४ मत प्राप्त गरेका छन् ।

डा. नारायण खड्का 
प्रतिनिधिसभामा निर्वाचित भएका काँग्रेसका अर्का पाका नेता हुन डा.नारायण खड्का । ७३ वर्षका खड्काले उदयपुर- १ बाट ३१ हजार २७० मत ल्याएका हुन् । 

धुब्रबहादुर प्रधान 
राप्रपाका पाका नेता धुब्रबहादुर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नवलपरासी बर्दाघाट सुस्ता पश्चिम- २ बाट ३४ हजार ७६४ प्राप्त गरेका प्रधान ७३ वर्षका हुन् । 

डा. शेखर कोइराला
प्रतिनिधिसभामा निर्वाचित भएका काँग्रेसका अर्का पाका नेता डा. शेखर कोइराला हुन् । ७२ वर्षका कोइरालाले मोरङ ६ बाट ३५ हजार २१३ मत ल्याएका हुन् । 

सर्वेन्द्र नाथ शुक्ला
प्रतिनिधिसभामा निर्वाचित पाका सांसद हुन लोसपाका सर्वेन्द्रनाथ शुक्ला पनि । रुपन्देही- ४ बाट विजयी ७२ वर्षीयशक्लाले २८ हजार मत प्राप्त गरेका छन् । 

 

 

दीपक बोहरा 
प्रतिनिधिसभामा निर्वाचित हुने अर्का पाका नेतामा दीपक बोहोरा पनि पर्छन् । ७१ बर्षीय बोहोरा रुपन्देही- ३ बाट ३६ हजार ६४८ मतससहित विजयी भएका हुन्। 

 

केपी शर्मा ओली 
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता हुन एमाले अध्यक्ष केपी शर्मा ओली । झापा- ५ बाट निर्वाचित ७० वर्षका ओलीले ५७ हजार १३९ मत प्राप्त गरेका हुन् ।

Logo