1
1
1
1

तरुण दलका महासचिवसँग लिखित स्पष्टिकरण माग

1
1
1
1
1
1

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले लिखित स्पष्टिकरण मागेको छ ।

महासचिव शाहीले पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङसहितले अनुशासन समितिमा उजुरी दिएका थिए ।

सो उजुरीमा कांग्रेसको अनुशासन समितिले महासचिव शाहीसँग लिखित स्पष्टिकरण मागेको हो । शाहीले पार्टीको नीति विपरित अभिव्यक्ति दिएको तथा पार्टीका नेताहरुको मानमर्दन गरेको आरोप छ ।

उनले तरुण दलका अध्यक्ष जितजंग बस्नेतलाई पदबाट हटाएको भन्दै सूचना जारी गरेको पनि उल्लेख छ । अध्यक्ष, उपाध्यक्ष तथा कोषध्यक्षसहितले गएको भदौ २७ गते बसेको बैठकको निर्णयसहित अनुशासन समितिमा महासचिव शाहीविरुद्ध उजुरी दिएका थिए ।

अनुशासन समितिले सात दिनको समय दिएर गएको शुक्रबार लिखित स्पष्टिकरण माग गरी कारवाहीको प्रक्रिया अघि बढाएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित: १५ असोज २०७६ १३:४० बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी