राप्रपाकाे समानुपातिकमा जबरा समेटिँदा लोहनी छुटे

राप्रपाकाे समानुपातिकमा जबरा समेटिँदा लोहनी छुटे


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको ७ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले अन्तिम सूची निर्वाचन आयोगमा बुझाएका हुन् । 
 
जसमा खस आर्य समुदायबाट पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । साथै आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका छन् । 

तर, राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भने सूचीमा समेटिएनन् । आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रहेका तामाङ र खस आर्य क्लस्टरको दोस्रो नम्बरमा रहेका डा. लोहनी काे अगाडि भन्रेमै विवाद हुँदै आएकाे थियाे । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आयोगले राप्रपालाई समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न सुचित गरेको थियो । 

Logo