टिसीएल अन्तर्राष्ट्रिय टिमद्वारा नेपाली बजारकाे भ्रमण

टिसीएल अन्तर्राष्ट्रिय टिमद्वारा नेपाली बजारकाे भ्रमण


टेक्नोलोजी ब्रान्ड टिसीएलकाे अन्तर्राष्ट्रिय टिमले नेपाली बजारकाे भ्रमण गरेकाे छ । 

हालै टिसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन(किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स(लिउ रेन)ले  नेपालको बजार अध्ययन र बजार बिस्तारको लागि भ्रमण गरेका हुन् । 

टिसीएल टिमले काठमाडौं टङाल, कुमारीपाटी र बसुन्धाराका सिजी डिजिटल शोरुमहरुका साथै बिभिन्न डिलर सपहरुको भ्रमण गरेका छन् । सेल्स डाइरेक्टर मिसेस क्यारोलिनका अनुसार, “विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टिसीएलका उत्पादनहरु नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ। र चौधरी समूहसँगको हाम्रो लामो सहकार्यको अनुभवले र यो भ्रमणले हामीलाई नेपालमा सेवा अझ ब्यापक रुपमा विस्तार गर्न प्रोत्साहित गरेको छ । ग्राहकहरुलाई उच्चस्तरिय अनुभव प्रदान गर्न चाडै नै टिसीएलका विशेष शोरुमहरु र कन्सेप्ट कर्नरहरु नेपालभर विस्तार गर्ने टिसीएलको भावी योजना पनि रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले अन्तरराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर सार्वजनिक गरेको “फुटबल हङ्गामा” योजना हाल सम्म कायमै राखेको छ। टिसीएल अन्तरराष्ट्रिय ब्राजिलियन फूटबल टिमको आधिकारिक प्रायोजक पनि हो ।

कम्पनीले टिसीएलका उत्पादनहरुमा फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। कम्पनीले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

टिसीएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो र यो चार दशकहरूमा टिसीएल, चीनको हुइज्होउ मा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत श्रृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखको रूपमा विकसित भएको छ। वर्तमानमा टिसीएलको उपस्थिती विश्वको १६० भन्दा बढी देशहरुमा छ र आफ्नै म्यानुफ्याक्चरिङ्ग र रिसर्च एन्ड डेभेलप्मेन्ट सेन्टरहरु विश्वभर छरिएर रहेका छन् ।

टिसीएल सन् २०१२मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएलले भित्र्याएको हो र अहिले नेपालको घरेलु इलेक्त्रिक उपकरणमा ठुलो बजार हिस्सा ओगटेको छ।

Logo