११ असार २०७९ शनिबार
1
1
1
1

प्रधानमन्त्रीले हामीलाई जिस्काउनुहुन्छ, अब सरकार छाड्छौंः बाबुराम

1
1
1
1

गोरखा । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीप्रति आक्रामक देखिएका छन् । सत्तापक्षी भएर पनि सरकारको विरोध गर्दै आएका डा. भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रामक देखिएका हुन् ।

संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीले छेडखानी गर्ने गरेको भट्टराईको भनाई छ । संविधान संशोधनका लागि सरकार तयार नभएको भन्दै अब सरकार छाड्ने बताए ।

‘प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्नेलाई छेडखानी गर्नुहुन्छ। यो त दिनदिनै गाइरहने गीत हो भन्नुहुन्छ । डेढ वर्ष भइसक्यो अब सरकारमा बसिराख्नुको औचित्य छैन । सरकार छाडेर जनताको बीचमा जान्छौं।’ भट्टराईले भने ।

गृहजिल्ला गोरखामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आफूहरू सत्ताको साझेदारको रूपमा नभई संविधान संशोधनका लागि दुई तिहाइ पुर्‍याउन सरकारमा सामेल भएको बताए ।

तर प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्दा आफुहरुलाई जिस्काउने गरेको उनको भनाई छ । पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने उनको भनाई छ ।

प्रकाशित: ३० असोज २०७६ १२:४९ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी