एमाले र माओवादी केन्द्रले आज सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्दै

एमाले र माओवादी केन्द्रले आज सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्दै


नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुवैले शनिबार सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयन गर्ने भएका छन् । दलको नेता चयनका लागि दुवै दलको बैठक बसिरहेको छ ।

एमालेका प्रदेश सचिवसमेत रहेका प्रदेशसभा सदस्य धर्मराज पाठकले दलको नेता चयनका विषयमा छलफल गर्न अहिले अत्तरियास्थित प्रदेश इन्चार्ज लेखराज भट्टको निवासमा बैठक बसिरहेको जानकारी दिए । उनकाअनुसार एमालेले दलको नेताका लागि सहमती जुटाउनेछ । एमालेमा दलको नेताका लागि पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज राजेन्द्र रावल र पाठक आकांक्षी देखिएका छन् । आजको बैठकबाट सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने एमालेको तयारी छ ।

यस्तै, माओवादी केन्द्रले पनि दलको नेता चयनका लागि सहमतीको प्रयास गर्ने जनाएको छ । धनगढीस्थित एक होटलमा प्रदेश समितिको पदाधिकारी बैठक बसिरहेको सचिव जनक बुढाले जानकारी दिए । उनकाअनुसार बैठकबाटै दलको नेता कसलाई बनाउने भन्ने समझदारी गरिनेछ । माओवादी केन्द्रले पनि सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने उनको भनाइ छ । माओवादी केन्द्रमा प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओमबिक्रम भाट (सरल) आकांक्षी देखिएका छन् । सरलले यसअघिदेखि नै दलको नेता सर्वसम्मत चयन नभए निर्वाचन प्रक्रियामा जानुपर्ने बताउदै आएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० र माओवादी केन्द्रका ११ जना प्रदेशसभा सदस्य छन् । केन्द्रमा भएको माओवादी केन्द्र र एमालेसहितका दलको सत्ता सहकार्य र राजनीतिक फेरबदलसँगै सुदूरपश्चिमको राजनीति पनि बदलिएको छ । यहाँ यी दुई दलमध्ये एकले सरकारको नेतृत्व लिने देखिएको छ ।

Skip This
Logo