५ वर्ष प्रतिपक्षमै बस्छाैँ -रामचन्द्र पौडेल

५ वर्ष प्रतिपक्षमै बस्छाैँ -रामचन्द्र पौडेल


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । 

बुधबार पृथ्वी जयन्तिको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् । उनले ५ वर्ष भित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफनो पार्टीले विश्वासको मत दिएको बताए । 

उनले नेपाल राष्ट्रलाई एकीकरण गर्नु भएका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुशी र गौरवको विषय भएको समेत बताए । उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरुले मिलेर काम गर्नुपर्ने बताए । 

वरिष्ठ नेता पौडेलले मुलुकलाई दलदलमा फसाउन नहुने पनि पटकपटक दोहो-याए । 

Logo