घनश्याम भुसाल नेकपा एसको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत

घनश्याम भुसाल नेकपा एसको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत


नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भुसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । बैठकमा भुसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए । कम्युनिष्ट नेता भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । 

Logo