उपसभामुखको निर्वाचन आज, रास्वपाकी रानामगर र कांग्रेसकी यादवबीच प्रतिस्पर्धा

उपसभामुखको निर्वाचन आज, रास्वपाकी रानामगर र कांग्रेसकी यादवबीच प्रतिस्पर्धा


प्रतिनिधि सभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ ।

उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबीच प्रतिस्पर्धा हुने भएको छ। शनिबार दिउँसो हुने निर्वाचनका लागि सत्ता साझेदार दलको तर्फबाट उम्मेदवार रहेकी रानामगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम रहेकी छन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन्।

यस्तै, कांग्रेसकी यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्। निर्वाचन अधिकृत तथा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख निर्वाचन प्रक्रिया सुरु हुनेछ। प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्। 

Logo