अब होण्डाका ग्राहकहरुले १ रुपैयाँमै ३ वर्षसम्म सर्भिसिङ्गकाे लाभ लिन सक्ने

अब होण्डाका ग्राहकहरुले १ रुपैयाँमै ३ वर्षसम्म सर्भिसिङ्गकाे लाभ लिन सक्ने


होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिब कम्पनी प्रालिले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरु लिएर आएको छ । 

यस योजना अनुसार ग्राहकले अडर्र गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन् । यदि उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन् । यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ ।

होण्डा ग्राजियाको योजनामा नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल रु. १ मा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्को लाभ लिन सक्नेछन् । ग्राहकवर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने कम्पनीले जनाएको छ । 

Logo