आचार्यलाई श्रद्धाञ्जली दिँदै गृहमन्त्री लामिछानेले भने -तपाईमा आशा जगाउन नसक्ने हामी दोषी छौं, माफ गर्नुहोला

आचार्यलाई श्रद्धाञ्जली दिँदै गृहमन्त्री लामिछानेले भने -तपाईमा आशा जगाउन नसक्ने हामी दोषी छौं, माफ गर्नुहोला


उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन्। गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘एउटा नागरिकले  अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस्, परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’

मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा बुधबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।

Logo