माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी


सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । निर्धारित समयभन्दा केहीपछि सरेको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी रहेको हो । 

 बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन विकास र विस्तारको विषयमा छलफल गरिने बताइएको छ । साथै केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा रहेका छन् । माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नेबारे सहमति गरिसकेको छ । त्यस्तै, माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीसँग पनि माओवादीले एकता गर्ने तयारी गरेको छ ।

Logo