रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन


राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई पुनः पार्टी सभापति घोषणा गर्ने निर्णय गरेको हो । 

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए । 

त्यसपछि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनः प्राप्त गरेका लामिछानेलाई फेरि पार्टी सभापति पदमा चयन गरिएकाे हाे । यसअघि पार्टीको कार्यवाहक सभापति पदको जिम्मेवारी उपसभापति डोलप्रसाद आचार्यलाई दिइएको थियाे । 

Logo