मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भक्तपुरका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकाल पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत हुन् । उनले माओवादीको केन्द्रीय घोषणा पत्र लेखन समितिका सदस्य भएर काम गरेका थिए । अर्थ तथा राजनीति क्षेत्रका जानकार मानिने ढकाल अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव भएर पनि काम गरेका थिए ।

Logo