रास्वपा तत्काल सरकारबाट नबाहिरिने

रास्वपा तत्काल सरकारबाट नबाहिरिने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछाड्ने भएको छ । 

केन्द्रीय कार्यालय धुम्वाराहीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सरकारबाट बाहिरिन नहुने मत बलियो भएको सो निष्कर्ष निकालेको हो । अब गृहमन्त्री नियुक्तका लागि सरकारलाई २ दिन पर्खने पनि बैठकले निर्णय गरेको छ । 

साथै बैठकले तत्काल सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय पनि गरेको छ । 

गत साता सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो । आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर पुनः नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङ गरिरहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेवास्ता गर्दै आएका छन् । त्यसपछि रास्वपाले सरकारबाट बाहिरिने संकेत गरिरहेकाे छ । 

Logo