सांसदहरुको अभिमुखीकरण तालिम आज पनि

सांसदहरुको अभिमुखीकरण तालिम आज पनि


प्रतिनिधि सभा सदस्यहरूका लागि दिईएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहिबारबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाउन लागेको हो । प्रतिनिधिसभामा विजयी भएका सांसदहरु के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साट्ने कार्यक्रम रहेको छ । जसअनुसार बिहिबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ–आफना अनुभव साटेका थिए ।

शुक्रबार हुने बैठकको दोस्रो सत्रमा पुर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पुर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बिष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराइनेछ। 

Logo