कांग्रेस महामन्त्रीद्वयको एकै श्वरः ‘बलात्कार आरोपी सन्दीपमाथिको निलम्बन फुकुवा गलत छ’

कांग्रेस महामन्त्रीद्वयको एकै श्वरः ‘बलात्कार आरोपी सन्दीपमाथिको निलम्बन फुकुवा गलत छ’


नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघको निर्णयको विरोध जनाएका छन् । उनीहरुले तत्काल निर्णय सच्याउनसमेत भनेका छन् । 

महामन्त्री थापाले बलात्कारजस्तो गम्भीर आरोप लागेका व्यक्तिले विषेषाधिकार पाउन नसक्ने र पाउन नहुने बताएका छन् । ‘मेरो धारणा स्पष्ट छ- बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष-जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन। पुनः दोहोर्‍याउन चाहन्छु – बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ। नो इफ, नो बट’ 

साथै अर्का महामन्त्री शर्माले पनि खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘`क्यान´ अध्यक्षलाई फोनमा शोधें- खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? खेलकुद मन्त्री  @PM_nepal नै हुनुन्छ l ध्यानाकर्षण गराउँदछु- कि सही भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि´ अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस् ! मौनता जिम्मेवार जवाफ हुन्न !!’ 

Logo