रास्वपासँगको विवाद र विभागहरुको कार्य विभाजनबारे निर्णय लिन माओवादी स्थायी समिति बैठक बस्दै

रास्वपासँगको विवाद र विभागहरुको कार्य विभाजनबारे निर्णय लिन माओवादी स्थायी समिति बैठक बस्दै


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक–पटक सरेर शनिवार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय विभाग बाँडफाँडको एजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसकेपछि शनिवार १ बजे बोलाईएको हो ।

रास्वपाले बिहिबार नै सरकार छाड्ने संकेतका बिचमा बैठक बोलाइए पनि अन्ततः पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण बिहिवारको बैठक स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिवार बोलाईएको हो । बैठकले मुख्यतः रास्वपासँगको विवाद र केन्द्रिय विभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने बताइएको छ । 

Logo