हुन्डाईको ग्रान्डआई१० नियोस फेसलिफ्टका यी चार भेरिएन्ट बजारमा आउँदै, कति पर्छ मूल्य ?

हुन्डाईको ग्रान्डआई१० नियोस फेसलिफ्टका यी चार भेरिएन्ट बजारमा आउँदै, कति पर्छ मूल्य ?


हुन्डाईको ह्याचव्याक कार ग्रान्ड १० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाली बजारमा भित्रिने भएका छन् । नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले फेसलिफ्टका एरा, म्याग्ना, म्याग्ना एएमटी र टप भेरिएन्ट स्पोर्टज भेरिएन्टहरु बजारमा ल्याउन लागेको हो । 

साथै कम्पनीले नयाँ भेरिएन्टका कारहरुको मूल्य पनि सार्वजनिक गरेको छ । एरा भेरिएन्टको मूल्य २९ लाख ९६ हजार रुपैयाँ, म्याग्नालाई ३५ लाख ५६ हजार रुपैयाँ, म्याग्ना एएमटीको ३७ लाख ९६ हजार रुपैयाँ र टप भेरिएन्ट स्पोर्टजको मूल्य ३७ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

यो नयाँ मोडलका कारहरुको फ्रन्टमा कम्पनीले रिडिजाइन गरिएको ग्रिल उपलब्ध गराएको छ । कारमा वाई आकारको एलइडी यूनिट पाउनुका साथै  रियरमा रिडिजाइन गरिएको टेलगेट सहित नयाँ टेल लाइट पनि जडान गरिएको छ । 

यसअघिकै १.२ लिटर पेट्रोल इन्जिनलाई निरन्तरता दिइएको यस नयाँ फेसलिफ्ट मोडलको पावर ८३ एचपी र टर्क ११३.८ एनएम रहन्छ । साथै यस कारमा नयाँ इन्स्ट्रयूमेन्ट क्लस्टर, ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस चार्जिङ, टाइप सी यूएसवी चार्जिङ पोर्ट, क्रुज कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ लगायत अन्य थुप्रै फिचर पनि पाउन सकिन्छ । 

Logo