सतारुढ दलको बैठकमा जनमतलाई बोलाउनै छाडियो -मन्त्री अब्दुल खान

सतारुढ दलको बैठकमा जनमतलाई बोलाउनै छाडियो -मन्त्री अब्दुल खान


जनमत पार्टीका नेता तथा खानेपानीमन्त्री अब्दुल खानले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा आफ्नो पार्टीलाई बोलाउन छाडिएको बताएका छन् । 

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खानले भने- ‘हामी लगायत अन्य साना दलहरुलाई बाइपास गर्ने नीति लिएर उहाँहरुले राजनीतिक संयन्त्रमा बोलाउन छोड्नुभएको छ ।’

साथै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशको अघिल्लो सरकारले आफूहरुको माग सम्बोधन नगरेकाले विश्वासको मत नदिइएको बताएकी छन् । उनले काँग्रेस नेतृत्वको वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ने, नगर्ने विश्वासको मत दिने बेलासम्म प्रतिक्षा गर्ने बताइन् । 

Logo