नेपाल टेलिकमले ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

नेपाल टेलिकमले ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?


सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ ।

कम्पनीले शुक्रबार एक सूचनामार्फत उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरी विभिन्न १३ पदमा ७३ जना कर्मचारी माग गरेको हो । जसमा उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासनमा गरी १ जना, वरिष्ठ टेलिकम इन्जिनियरतर्फ २ जना, वरिष्ठ लेखा अधिकृत १ जना, टेलिकम इन्जिनियरमा १० जना, टेलिकम इन्जिनियर कम्युटरतर्फ ५ जना, टेलिकम इन्जिनियर इलेक्ट्रोनिक्स ३ जना, सिभिल इन्जिनियरमा १ जनाको आवेदन खुलाइएको छ । साथै सहायक लेखा अधिकृत ४ जना, सहायक प्रशासकीय अधिकृतमा ३ जना, सहायक व्यापार अधिकृतमा ४ जना, टेक्निसियनमा ११ जना, सहायकमा ११ जना र जुनियर टेक्निसियनमा १७ जना कर्मचारीको माग गरिएको छ । 

ईच्छुक व्यक्तिले चैत २ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ तर, दोब्बर दस्तुर तिरेर भने चैत ९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । इच्छुक तथा योग्य उम्मेदवारहरुलाई कम्पनीको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np बाट आवेदन दिन सक्नेछन् ।  

Logo