जब वेश्यालयकी यौनकर्मी आफ्नै ग्राहकसँग प्रेममा परिन्

जब वेश्यालयकी यौनकर्मी आफ्नै ग्राहकसँग प्रेममा परिन्


वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्– प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन् कि अरुहरु त्यसलाई सहजसै सहज महसुस गर्न सक्दैनन् ।

कानुनी रुपमा सञ्चालन भइरहेको वेश्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी  छिन् ।  जस्मिनले आफ्नो प्रेमी वेश्यालयमा नै भेटेको बताएकी छन् । उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे । पछि दुवै प्रेममा परे ।

याे घटना अमेरिकाको नेभाडाको हो, जहाँ वेश्यालयहरू कानुनी छन्। त्यसैले नेभाडालाई 'रेड लाइट डिस्ट्रिक्ट' पनि भनिन्छ।

जैस्मीन मूल रूपमा कोस्टारिकाकी हुन्। जस्मिन सम्बन्धविच्छेदबाट गुज्रिएपछि र परिवारबाट कुनै सहयोग नपाएपछि जानाजानी यौन कार्यका लागि अमेरिका आएकी थिइन् । प्रसिद्ध युट्युबर 'म्याट कलेन' सँगको कुराकानीमा जैस्मीनले आफ्नो कथा बाँडेकी छिन् ।  उनले भनिन् कि उनका प्रेमी प्राय: वेश्यालयमा आउँथे, जाे हाल उनकाे गहिराे प्रेममा छन् ।  

उनी साे वेश्यालयका नियमित ग्राहक थिए । नियमित वेश्यालयमा भएकाे सम्पर्कपछि दुबै नजिक आए । सन्देशबाट कुराकानी सुरु भयो। त्यसपछि अनलाइन गेम खेल्न थाले । त्यसपछि उनीहरु एकअर्कालाई डेट गर्न थाले । 

भारतीय मिडिया आजतकका अनुसार अन्ततः जैस्मीन र उनको प्रेमी दुबै वेश्यालयमा सँगै काम गर्न थाले। जब जैस्मीनलाई वेश्यालयमा काम गर्ने व्यक्तिसँग डेटिङ गर्दा कस्तो लाग्छ भनेर सोधिएको थियो, उनले जवाफ दिइन्- यो फरक छ। धेरै फरक अनुभव।  

आफ्नो प्रेमीका बारेमा उनी भन्छिन्– कहिलेकाहीँ ग्राहकले मलाई तनाव दिन्छन् । तिनीहरूले भावनात्मक रूपमा ब्ल्याकमेल पनि गर्छन, तर यो मेरो प्रेमी..मेरो प्रेमीले शान्त हुन सिकाउँछन् । उनी अरु जस्तो थिएनन् । उनी सबैभन्दा इमान्दार छ्न् र मेरो पेशाप्रति निकै सम्मान गर्छन् । त्यसकारण म पनि उनीलाई धेरै प्रेम गर्छु । 

युटयुब अन्तार्वार्ता हेरेका धेरैले मलाई सोध्ने गर्छन, के यो सम्भब छ । मैले भनेको छु, याे यो प्रेम हो, बेश्याबृति होइन । र, हामीले वेश्याबृति भित्र पनि प्रेम हुन्छ भनेर देखाएका छौं । धेरैलाई यो कुरा नपच्न सक्छ तर यो मैले अनुभव गरिरहेको छु । यो मेराे जीवनको सबैभन्दा मिठो पल हो । उनी मलाई धेरै सहयोग गर्छन् त्यसैले त म अझै बढी उनीसँग मोहित हुन्छु । 

उनले आफ्नो प्रेम कथा भने पनि उनले आफ्नो प्रेमि भने सार्वजनिक गर्न मानिनन् । तर, उनले युटयुबमा अन्तवार्ता दिने क्रममा आफनो प्रेमीलाई पनि साथै राखेकी थिइन् । उनको अन्तावार्ता हेरेर उनका प्रेमी मुस्काईरहेका थिए । तर, उनले पारिवारिक कारण सार्वजनिक हुन मानेनन् । यति मात्रै भने- हामी एकदिन सँगै अन्तावार्तामा देखिनेछौं । याे दिन आउनेछ । 

Skip This
Logo