सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभामा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४१ मत परेकाे हाे । विपक्षमा भने ११ मत परेकाे थियाे । 

राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि सबैभन्दा ठूलो पार्टीको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।  ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसअघिको एमाले नेतृत्वको सरकारलाई मत नदिएको नागरिक उन्मुक्ति पार्टीले पनि आज समर्थन गर्दै मत दिएको थियो । 

Logo