टर्किएको चालु खाता घाटा जनवरीमा झन्डै १० अर्ब अमेरिकी डलर

टर्किएको चालु खाता घाटा जनवरीमा झन्डै १० अर्ब अमेरिकी डलर


टर्किएको केन्द्रीय बैङ्कले सोमबार सुनको आयातमा तीव्र वृद्धि र ऊर्जा आयात बिलहरू बढ्दै गएपछि जनवरीमा देशको चालु खाता घाटा झन्डै  ९.८५  अर्ब अमेरिकी डलर पुगेको जनाएको छ । 

केन्द्रीय बैङ्कको तथ्याङ्कले सुन र ऊर्जा बाहेक चालु खातामा जनवरीमा दुई अर्ब छ करोड डलर खुद बचत रहेको पनि देखाएको छ ।

चालु खाता मौज्दात हुने वस्तुहरूमध्ये वस्तुको वैदेशिक व्यापारमा १२ अर्ब ४३ करोड डलरको घाटा रहेको छ भने सेवातर्फ तीन अर्ब १६ करोड डलरको खुद बचत रहेको छ । सेवा व्यापारअन्तर्गत ट्राभल वस्तुले २.४५ अर्ब डलरको बचत रहेको देखाएको छ । आधिकारिक तथ्याङ्कअनुसार जनवरीमा चालु खाता घाटाले मार्च २०११ को कीर्तिमान ९.४१ अर्ब डलर घाटालाई पनि उछिनेको छ ।

यसैबीच टर्कीको १२ महिनाको रोलिङ घाटा जनवरीमा ५१.७ अर्ब डलर पुगेको छ जुन सन् २०१४ को फेब्रुअरी यताकै उच्च हो । टर्की सरकारले बढ्दो मुद्रास्फीति र स्थानीय मुद्राको मूल्यह्रासको बाबजुद उच्च निर्यात र कम ब्याज दरहरू मार्फत चालु खाता अधिशेषलाई पछ्याउने आर्थिक मोडेलको अभ्यास गरेको छ । -सिन्ह्वा

Logo