इंग्ल्याण्डका खेलाडीलाई हराउँदै भक्तपुरका राधेश्यामको टोलीलाई स्वर्ण

इंग्ल्याण्डका खेलाडीलाई हराउँदै भक्तपुरका राधेश्यामको टोलीलाई स्वर्ण


पिकलबल एशोसिएसन नेपालको आयोजनामा भएको पहिलो अन्तर्राष्ट्रियस्तरको पिकलबल प्रतियोगितामा भक्तपुरका राधेश्याम मचामसीको टोलीले स्वर्ण पदक हात पारेको छ ।

भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रियस्तरको पिकलबल आयोजना काठमाडौँको बौद्धस्थित स्नोल्याण्ड स्पोर्ट्स एकेडेमीमा सम्पन्न भएको थियो । 

प्रतियोगितामा जनक फडेरा, राधेश्याम मचामसीले डेभिड बी र सिल्भानोलाई हराउँदै स्वर्ण पदक जितेका थिए । राधेश्याम भक्तपुर युवा टीम गोल्मढीमा आवद्ध छन् । भक्तपुर युवा टीमका सदस्य सुरेश कवांले राधेश्यामको टोलीलाई स्वर्ण पदक मिलेको जानकारी गराए ।

नेपाललगायत क्याम्ब्रीज पिकलबल क्लबमा आबद्ध बेलायत, पोर्चुगल, इटालीका खेलाडीहरुले ओपन डबल्स, गर्ल्स डबल र मिक्स डबल्स खेलहरुमा समीर पोखरेल, सुवर्ण शाहले डेभिड एम र डेभिड एसलाई फाइनलमा हराउँदै स्वर्ण पदक जितेका थिए ।

त्यसैगरी ओपन मिक्स डबल्समा नेपालका खेलाडी ज्याक्सन सुवेदी र सबल दाहालले तृतीय स्थान हासिल गरेका छन् । गर्ल्स डबल्समा नेपालका प्रजुना अधिकारी र स्वस्तिका महर्जन तृतीय भएका थिए भने मिक्स डबल्समा नेपालका किरण खनाल र प्रजुना अधिकारीले सिल्भर मेडल जितेका छन्।

टुर्नामेन्टमा रियो नेपाल, एनसिसिएस स्कुल र अरुण चौधरी फाउन्डेसनले स्पोन्सर गरेको थियो । सहयोगी र सहभागीहरुलाई पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । पछिल्लो समय विश्वब्यापी रुपमा अत्यन्तै लोकप्रिय बनेको खेल नेपालमा पनि लोकप्रिय बन्दै गएको छ ।

Logo