1
1
1
1
1

सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी

1
1
1
1
1
1

सुदूरपश्चिम । सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ । डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६ सय ६८ ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले कूल ६ सय ५६ मत प्राप्त गरेकर्नुभएको छ । वडाभरिमा कूल दुई हजार ४०० मतदाता रहेकामा कूल एक हजार ५९० मत खसेको तथा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको विसं २०७५ जेठ १५ गते जीप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त रहेको थियो । त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याई विजयी भएको छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन्र । उक्त मतदानमा कूल ९ सय २४ मत खसेको थियो । स्थानीय तहको निर्वाचनमा वडा नं.३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरी अछामको मेल्लेख गाउँपालिका–५ को विन्ध्यवासिनीको उपनिर्वाचमा नेकपाका रमेश खड्का ७ सय ७८ मत ल्याई विजयी बनेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर बोहराले ५ सय ६३ मत ल्याएका छन् । गएको चुनावमा उक्त वडामा कांग्रेस विजयी भएको थियो । कूल एक हजार ९ सय  मतदाता रहेको विन्ध्यवासिनीमा एक हजार ३ सय ५७ मत खसेको थियो । सोह्र मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । गएको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उपनिर्वाचन भएको हो । त्यस्तै बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै उनी विजयी भएका हुन्  । विजयी बुढाले ३ सय ६७ मत प्राप्त गरेका छन् । तत्कालीन वडाध्यक्ष खम्म नेपालीको विसं २०७५ असार १३ गते जीप दुर्घटना परी निधन भएपछि अहिले उपनिर्वाचन भएको हो । बैतडी जिल्लामा पनि शनिबार राति नै मतगणना सम्पन्न भएको छ । उपनिर्वाचन सम्पन्न बैतडीका तीन वडामध्ये दुई वडामा कांग्रेस, र एक वडामा नेकपा विजयी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांंग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएकाे निर्वाचन कार्यालय बैतडीले जनाएको छ । पुर्चौडी नगरपालिका–४ मा नेकपाका धानुक १सय ५ मत बढी लिएर विजयी भएका छन् । कूल खसेको एक हजार ३ सय ३० मतमध्ये विजयी धानुकले ६ सय ६३ मत प्राप्त गरेकाे छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले ५ सय ५८ मत प्राप्त गरेका छन् । सुर्नया गाउँपालिका–१ मा भएको मतदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै कांग्रेसका चन्द विजयी भएको हो । उनकाे निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २ सय १५ मत प्राप्त गरेका थिए । चार मत बदर भएको छ । दोगडाकेदार–४ र पुर्चौडी–४ मा यसअघि विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया गाउँपालिका–१ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए ।

 

प्रकाशित: १५ मंसिर २०७६ १४:३८ आइतबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी