नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी [फोटोफिचर]

नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी [फोटोफिचर]


उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । 

निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । 

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने मतदान गर्न पाउने छैनन् । उनीहरु संघीय र प्रदेशसभा दुवैको सदस्य छैनन् । प्रतिनिधिसभा सदस्य रहेका यादवले भने मतदान गरिसकेका छन् । 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् । 

 

Logo