त्रिविमा स्ववियु निर्वाचनको सबै तयारी पूरा

त्रिविमा स्ववियु निर्वाचनको सबै तयारी पूरा


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सबै तयारी पूरा भएको छ । चुनावको लागि शुक्रवार देखि मौन अवधि सुरु भइसकेको छ ।

स्ववियु निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ ।

करिब १४ वर्षपछि त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।

केही क्याम्पसमा चुनावअघि नै विद्यार्थी सङ्गठनहरुबीचको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको छ ।  केही क्याम्पसमा भने विवादका कारण चुनावी प्रक्रिया अघि बढ्न सकेको छैन।

लामो समय पछि प्रत्यक्ष र समानुपातिक प्रणालि वाट हुन लागेको स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा पहिलो पटक भोटिङ मेसिन प्रयोग हुने भएको  छ। 

Logo