सरकारले जनयुद्धका सहिदको लिष्ट अद्यावधिक गर्ने

सरकारले जनयुद्धका सहिदको लिष्ट अद्यावधिक गर्ने


सरकारले जनयुद्धमा सहिद भएका कतिपय नाम छुटेको  भन्दै लिस्टको अद्यावधिक  गरिरहेको छ।  ८ हजार ३ सय ७१ जनाको नाम राजपत्रमा हिजो प्रकाशित गरे पनि   पुनः अद्यावधिक गर्न लागिएको हो। 

७७ वटै जिल्लाका पार्टीका कमरेडहरूलाई जनयुद्धमा सहिद भएकाको नाम सङ्कलन गरेर सिफारिस गर्न  समेत अनुरोध गरिएको 
 छ। गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयबाट सहिदका नामहरू सङ्कलन हुने भएका छन् ।

जनयुद्धमा सहिद भएका कतिपय जीवित भेटिएका र कतिपयको नाम छुटेकाले अद्यावधिक गर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । पहिलोपटक प्रचण्ड प्रधानमन्त्री भएका बेला जनयुद्धमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएको थियो । 

Skip This
Logo