राष्ट्र बैंकका कर्मचारीले लेख प्रकाशन र वेविनारमा भाग लिन नपाउने

राष्ट्र बैंकका कर्मचारीले लेख प्रकाशन र वेविनारमा भाग लिन नपाउने


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले अबदेखि आफ्ना कर्मचारीलाई लेख प्रकाशनदेखि वेबिनारमा सहभागी हुन नपाउने गरी रोक लगाएको छ ।

राष्ट्र बैंकले कर्मचारीका लागि ध्यानाकर्षण पत्र’ जारी गर्दै सामाजिक सञ्जाल प्रयोग गर्न समेत रोक लगाएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली विपरीत केही कर्मचारीहरुले राष्ट्र बैंक तथा सरकारको नीति विरुद्ध समाचारगृह तथा सामाजिक सञ्जालमा लेखहरु प्रकाशन गर्ने गरेको प्रति राष्ट्र बैंकले आपत्ति जनाएको हो ।

राष्ट्र बैंकका अनुसार कर्मचारीहरुले जनशक्ति ब्यवस्थापन विभागको स्वीकृति बेगर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सस्थाहरुद्वारा आयोजित वेबिनारमा भाग लिने र प्रस्तुतिकरण पाउने छैनन् । त्यस्तै, फेसबुक, ट्वीटर, म्यासेन्जर लगायतमा अमर्यादित र लाञ्छानायुक्त भाषाको प्रयोग गरी लेख्ने, कार्यालय पोशाक तथा कार्यस्थलमै टिकटक बनाउने जस्ता कार्य गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

Logo