बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । 

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । मुख्यमन्त्री जम्कट्टेललाई नेकपा(माओवादी केन्द्र)सहित  नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिए भने नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिएन । 

प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन् । 

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन् । एमालेले पनि बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । 

Logo