ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ


झापामा स्कुटरको भाइजरभित्र लागूऔषध ब्राउन सुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका- १ निवासी २४ वर्षीय प्रजन्त राई र सोही स्कुटरको पछाडि सवार बाँके नेपालगन्ज उपमहानगरपालिका ६ घर भइ हाल बिर्तामोड नगरपालिका-१ मा डेरा गरी बस्ने २१ वर्षीय सोहन भडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  

प्रहरीका अनुसार मङ्गलबार दिउँसो साढे ४ बजे इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३८०७ नम्बरको स्कुटरमा उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ४ ग्राम ब्राउन सुगर फेला परेको हाे । 

Logo