लोसपाका नेता शरदसिंह भण्डारी श्रममन्त्री बन्दै

लोसपाका नेता शरदसिंह भण्डारी श्रममन्त्री बन्दै


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारी श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् । यसको पुष्टि स्वयं भण्डारीले नै गरेका छन् । ‘म श्रममन्त्री बन्ने पक्का भएको हो,’ उनले भने ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा उनी महोत्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।  

Logo