‘तनहुँ- १ मा मेरो जित सुनिश्चित’ -नेता भट्टराई

‘तनहुँ- १ मा मेरो जित सुनिश्चित’ -नेता भट्टराई


नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् । 

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रिय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने नर्णय गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले विगतमा झैँ यसपटक पनि काँग्रेस नै विजयी हुने बताएका हुन् ।

नेता भट्टराईले आफूले गरेका कामहरु नै आफ्नो जितका आधार भएको बताए । उनले भने, पार्टीको पूरा स्टक्चर र गठबन्धनका संरचनाहरु एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ । जित्ने आधार धेरै छन् । अरु भाषण मात्रै गर्छन् मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरुबाट नै मेले निर्वाचन जित्नेछु । गठबन्धनले मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’ 

Logo