स्वर्णिम वाग्लेले छाडे कांग्रेस, रास्वपाबाट उपनिर्वाचन लड्ने चर्चा

स्वर्णिम वाग्लेले छाडे कांग्रेस, रास्वपाबाट उपनिर्वाचन लड्ने चर्चा


अर्थविद् डा‍. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् ।

बिहीवार वाग्लेले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य शेखर कोइरालालाई एक म्यासेज पठाउँदै अब कांग्रेसमा रहिरहन नसक्ने सन्देश दिएका हुन् । कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उनले खुलाएका छन् । 

‘हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं। काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।’ उनको पत्रमा उल्लेख छ । 

वाग्ले तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुने चर्चा छ। 

Logo