सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ -अध्यक्ष ओली

सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ -अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए । उनले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए । उनले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए । 

‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ, दोस्रो अफ्ठ्यारो प-यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनु हुँदैन । मिटरब्याजको पीडित जो भएको छ, उनीहरुले पनि सोच्नुपर्छ । मिटरब्याजमा पैसा लिएपछि दिने असुल गर्ने प्रयास त गर्नेभयो । सहमति त त्यही हुन्छ । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ ।’ उनले भने । 

अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताए । उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने बताए । 

Logo