संघीयता कार्यान्वयनमा आनाकानी भयो, अब जवाफ दिनुपर्छः उपमहासचिव गुरुङ

संघीयता कार्यान्वयनमा आनाकानी भयो, अब जवाफ दिनुपर्छः उपमहासचिव गुरुङ


नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुलमखुल्ला हमला भइरहेको बताएका छन् । 

आईतवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले यस्तो बताएका हुन् । उनले नेकपा एमालेले भनेको आधारमा नै सात वटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बनेको बताए । 

उनले संघीयता कार्यान्वयन गर्न आज फेरि आनाकानी भइरहेको बताए । संघीयता बिरोधीहरुले संघीयताबिरुद्धमा नारा लगाइरहेको भन्दै उनले यसको यथोचित जवाफ दिन सक्नुपर्ने बताए । 

उपमहासचिव गुरुङले संघीयताको उचित ढंगले कार्यान्वयन हुनुपर्ने बताए । उनले संघीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्नेकुरा सह्य नहुने चेतावनी दिए । संघीयता बिरोधीहरुलाई यथोचित जवाफ दिन तयार रहनुपर्ने उनले बताए ।

Logo