प्रिमियर लिग फुटबलमा सिटीको सहज जित

प्रिमियर लिग फुटबलमा सिटीको सहज जित


इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको हो।

सिटीको जितमा अर्लिङ हालाण्डले दुई गोल गरे। जोन स्टोन्सको नाममा एक गोल रह्यो। लेस्टरका केलिची इहानाचोले एक गोल फर्काए। खेलको पाँचौं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।

जितसँगै सिटीले ३० खेलमा ७० अंक जोडेको छ ।सिटी दोस्रो स्थानमा रहेको छ। लेस्टर २५ अंक जोडेर १९ औँ स्थानमा रहेको छ।

Logo