प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख दलबीच सहमति

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख दलबीच सहमति


प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्याधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्याधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

Logo