राजनीतिक परिवर्तनलाई राजनीति क्षेत्रमा मात्र सीमित राख्न हुन्न: मन्त्री श्रेष्ठ

राजनीतिक परिवर्तनलाई राजनीति क्षेत्रमा मात्र सीमित राख्न हुन्न: मन्त्री श्रेष्ठ


उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले राजनीति परिवर्तनलाई राजनीति कै क्षेत्रमा मात्र सीमित राख्न नहुने बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित ‘अर्थ परिदृश्य’ नामक जर्नल पुस्तक विमोचन कार्यक्रममा उनले राजनीति परिवर्तन र उपलब्धिलाई विकासको माध्यमका साधन बनाएर लानुपर्ने बताए ।

‘आजको आवश्यकता भनेको त्यो राजनीति परिवर्तन र उपलब्धिलाई माध्यमका साधन बनाएर लानुपर्छ । त्यसलाई राजनीति क्षेत्रको अधिकारमा मात्र सीमित नबनाएर नेपालको आर्थिक र सामाजिक रुपान्तरणको प्रकृयालाई तीव्रता दिनु, आर्थिक समृद्धिलाई तीव्र पार्नु हो । हामीले आवश्यकता र अपेक्षा गरे अनुसार काम गर्न सकेको छैन् । ’

देशले जुन रुपले आर्थिक विकासको गति लिनुपर्ने हो त्यो लिन नसकेको उनको ठम्याई छ।  उनले आगामी दिनमा अर्थ परिदृश्य’ नामक जर्नल पुस्तकले देशको अर्थतन्त्रमा थप सहयोग पु-याउने विश्वास आफुले लिएको पनि बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उत्पादन मुलक अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।  राज्यले गर्नुपर्ने काम समयमा नगरेका कारणले मुलुक आर्थिक संकटमा परेको ढकालको ठम्याई  छ । 

Logo