सर्वोच्चको फैसलाले मान्छेलाई मारे पनि हुने रहेछ भन्ने सन्देश गयो– पीडित

सर्वोच्चको फैसलाले मान्छेलाई मारे पनि हुने रहेछ भन्ने सन्देश गयो– पीडित


काठमाडौं । श्रीमतीको हत्या गरी सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले जनाएको छ । सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्ष मै सजाय पूरा हुने फैसला सुनाएपछि पीडित परिवारले यसबाट समाजमा गलत नजिर स्थापित भएको जनाएको हो ।

पूर्व डिआइजी कोइराला बिहीबार रिहा भएपछि पीडित गीता ढकालका बुवा हरेराम ढकालले सञ्चार माध्यमसँग कुरा गर्दै यो फैसलाले समाजमा राम्रो सन्देश नदिने बताए । मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पूरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उनको भनाइ छ । उनले भने–‘मान्छेलाई मारे पनि हुने रहेछ भन्ने सन्देश गयो अब । के डर भयो र ? जघन्य अपराधमा कानुनले तोकेको सजाय सर्वोच्चले घटाउँदै जान्छ भने । यस्तो न्यायालयको त्रुटीले समाजमा राम्रो सन्देश जाँदैन ।’

सर्वश्वसहित जन्मकैदको फैसला साढे ८ वर्षमा पूरा हुने भए किन २०, २५ वर्ष राख्नुप¥यो भन्दै उनले प्रश्न समेत गरे । श्रीमती गीता ढकालको हत्या अभियोगमा २०६८ साल माघ ८ गते पक्राउ परेका कोइरालालाई घटनाको प्रकृति, प्राप्त प्रमाण लगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ मा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि २०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो । फेरि उनी सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्व डीआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि उनी बिहीबार छुटेका छन ।

Skip This
Logo